झापा– अर्जुनधारा नगरपालिकाजिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको कच्ची टाटी बेरा र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको थियो ।
राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए । आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भयो भने उनका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएका रिजालले जानकारी दिए ।
रिजालका अनुसार आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो । घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ ।
आगलागीको कारण थाहा हुन सकेको छैन । आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।