काठमाडाैं - नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा "पारिजातको बोट" बोलको गीत हालै सार्वजनिक भएको छ । मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको "पारिजातको बोट" बोलको गीत हालै सार्वजनिक भएको हाे ।
गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको शब्द र रामचन्द्र चन्दको लय तथा सगीत सम्योजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायाङ्कन गरिएको हो ।
पृज्म स्टुडियोमा रेकर्ड गरिको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ ।
सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्बजनीक गरिएको हो ।