काठमाडौं -अमेरिकी स्टायन्डर्डको दुई वटा अत्याधुनिक दमकल परिचालनको आज शुभारम्भ भएकाे छ ।
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि महानगरपालिकाले खरिद गरेको दुई वटा अत्याधुनिक दमकल ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरेका हुन् ।
साथमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ पनि उपस्थिति रहेकेा थिए ।
तस्बिरः माधवप्रसाद घिमिरे/रासस