चितवन- भाेलिबाट चितवनमा कृषि वैज्ञानिक सम्मेलन हुने भएकाे छ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयमा कृषि वैज्ञानिक सम्मेलन हुने भएकाे छ ।
मंसिर ७ गतेबाट ९ गतेसम्म कृषि वैज्ञानिक सम्मेलन हुने भरतपुरमा पत्रकार सम्मेलन गरी जनाइएकाे हाे ।
उक्त सम्मेलनमा विभिन्न देशका वैज्ञानिक र विद्यार्थीको सहभागिता रहने जनाइएकाे छ ।
तस्बिरः कृष्ण आचार्य /रासस