काठमाडौं – बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ भने प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन ।