काठमाडौं - चाइल्ड वेलफेयर नेपाल (सिडब्लुएन)को वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । बुधवार टेकुस्थित बोगनभिल्ला होटेलको सभा हलमा एक कार्यक्रम आयोजना गरी वार्षिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका वडा नं २० वडाध्यक्ष राजेन्द्र मानन्धरले संस्थाका अध्यक्ष सामाजिक लेखापरीक्षण धेरै सङ्घसंस्था गरिएको देखिँदैन । आज यस संस्थाले वार्षिक साधारण सभासँगै सामाजिक लेखापरीक्षण पारदर्शिता रूपमा गरेकोमा खुसी लागेको बताए ।
उनले दातृ निकायले विपन्न वर्गका व्यक्तिलाई सहयोगी गरिसकेपछि त्यसको परिणाम र उपलब्धि कस्तो आयो ? त्यसमा पनि ध्यान केन्द्रित रहनु जरुरी रहेको बताए । उनले काठमाडौँ महानगरसँग कति बालबालिकालाई संस्थाहरूले सहयोग गर्दै आइरहेको तथ्याङ्क (डाटा) यकिन नभएको समेत जानकारी दिए ।
यसै गरी समाज कल्याण परिषद्को सदस्य सचिव मनोज भट्टले दातृ निकायले गरेका लगानी अर्थात् सहयोग (स्रोत) सही ठाउँमा सदुपयोग भयो कि भएन‚ त्यो मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए । उनले भने‚‘दातृ निकाय र सरकार एकसाथ भएर काम गरे सकेमा यो मुलुक गरिबी र शैक्षिक स्तरको सुधारोन्मुख हुनेछ।’
यस्तै संस्थाका कार्यकारी निर्देशक राजु खड्काले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । संस्थाको विधान अनुसार नै अघि बढेको बताउँदै यस वर्ष करिब एक करोडमाथिको शिक्षामा लगानी गरी सरकारलाई थप सहयोग गरेको बताए । उनले १९८ जनालाई माध्यमिक विद्यालयमा विपन्नता भएका विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गरेको जानकारी गराए ।
त्यस्तै ३६ जना विभिन्न कलेजहरूमा अध्ययन गर्नाका लागि आर्थिक सहयोग गरेको कार्यकारी निर्देशक खड्काले बताए ।त्यसै गरी संस्थाले उपत्यका बाहिरका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री प्रदान गरेका छन् ।यसै गरी कार्यक्रममा सहभागीहरू नमिता भण्डारी‚ चिजा शर्मा लगायतले संस्थाको सहयोग अपरिहार्य छ र दीर्घकालीन सहयोगको अपेक्षा रहेको बताएका थिए ।
यस्तै विपन्नका अभिभावकलाई सीपमूलक तालिम दिएर सक्षम बनाउन सके थप सहयोग पुग्ने उनीहरूको भनाइ थिए।वार्षिक साधारण सभाको सभाध्यक्ष एवं संस्थाका अध्यक्ष रामहरि खड्काले संस्थाले नेपालको शैक्षिक स्तरमा टेवा पुर्याउन हाम्रो संस्थाको पनि भूमिका रहेको बताए । उनले संस्थाको लक्षअनुरूप नै गतिविधिहरू गर्दै आइरहेको र १९० भन्दा बढी माध्यमिक तह र ५० भन्दा बढी उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्दै आइरहेको जानकारी दिएका छन् ।