काठमाडौं - भन्सार छलीको अवैध ३४० पिस कुर्था सुरुवाल बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज बिहान लगभ १०:०० बजेको समयमा जिल्ला रुपन्देही रोहीणी गाउँपालिका वडा नं. ७ अमुवामा बरामद गरेकाे हाे ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा कुर्था सुरुवाल ३४० पिस अं. ४,०८,०००/- मुल्य वरावरको कपडाहरु वेवारिसे अवस्थामा फेला पारी स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।