भारत– मध्य भारतको छत्तीसगढ राज्यस्थित फलाम खानीमा शुक्रबार भएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विष्फोट हुँदा दुई कामदारको मृत्यु हुनुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ ।
छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब तीन सय ५० किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लामा विस्फोट भएको हो ।
एक प्रहरी अधिकारीका अनुसार “पीडितहरू आमदई घाटी फलाम खानीमा काम गर्न जाँदै थिए,” “घाइते मजदुरलाई उपचारका लागी अस्पताल भर्ना गरिएको छ ।”
नक्सलवादी समूहका कामदारले आफ्ना माग पूरा गराउनका लागि दबावस्वरुप सो विष्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
हाल भारतको मध्य र पूर्वी भागहरूमा ती समूहहरू सक्रिय फलाम खानी निजी कम्पनीलाई दिइएको र सो क्षेत्रमा सञ्चालित नक्सलवादी समूहले लामो समयदेखि आयोजनाको विरोध गर्दै आएका समाचारमा जनाइएको छ ।