काठमाडौं– दुर्गा प्रसाईंको नेतृत्वमा आज सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास प्रकाउ परेका छन् ।
यस आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । उनको उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएका छौं ।’