काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘मधेसमा नास्ता’ अभियान सुरु गरेको छ । महोत्तरीका विभिन्न पालिकामा मंगलबार बिहानबाट रास्वपाले सात वटा समूह बनाएर अभियानको सुरुवात गरेको हो ।
रास्वपाका उपाध्यक्ष डीपी अर्यालले ‘मधेसमा नास्ता’ अभियानमार्फत बस्ती–बस्तीमा गएर पार्टीले नागरिकको कुरा सुनिरहेको बताए। उनले भने, ‘हामीले नागरिकका कुरा सुन्दै चिया नास्ता पनि उहाँहरूसँग बसेर खाने कार्यक्रम बिहान गरियो ।’
मङ्सिर आठ गतेदेखि रास्वपा मधेसमा केन्द्रित भएको छ । रास्वपाले मङ्सिर ८ देखि १० सम्म मधेस यात्रा गरेको थियो । मङ्सिर ११ गतेदेखि पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा जारी छ ।