काठमाडौं - नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ ।
प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए ।
प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटीले बताए। उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।