काठमाडौं– सिद्धार्थ सिमेन्ट उधोगले निर्माण सहकर्मीसँग वृहत भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुरमा गरिएको थियो । कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तरक्रिया गरिएको थियो । सोही अवसरमा विभिन्न कार्यक्रमहरू अन्र्तगत उपस्थित सहकर्मीहरू बीच अन्तरक्रियामा सहभागिताको अधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो । काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमुख भवानी डोटेल तथा वडासदस्यबीच भएको कार्यक्रममा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालले मन्तव्य राखेका थिए । उनले सिमेन्ट प्रयोग गर्दा गुणस्तरमा ध्यान दिँदै रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरिय हुनुपर्नेमा जोड दिएका थिए ।