काठमाडाैं - सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच समझदारी भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सो समझदारीपत्रमा अनुसार सिटिजन्स बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १०% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनाएकाे छ ।