मस्को- रुसद्वारा अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन प्रतिबन्धित गरेकाे छ। रुसको सर्वोच्च अदालतले बिहीबार "अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन" लाई प्रतिबन्ध लगाएको हाे ।
सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ । एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने" आदेश दिएका छन्।