काठमाडाैं - कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन्।
जनताले अबको कांग्रेस सभापति शेखर कोइराला भएको हेर्न चाहेकाे नेपाली कांग्रेस नवलपरासीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन्।
डा शेखर कोइराला बर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उनको भनाइ थियो । सभापति बन्छु भनेर उफ्रेर नहुने उनको भनाई थियो। जनता र कार्यकर्ताले पत्याउनु पर्ने र आशा गरेको हुनुपर्ने ब्यक्तित्व भनाई थियो।