काठमाडाैं - नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट निर्णय गरेकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको अदालतले नाै जनालाई सदर ,६ जनालाई बदर गरेर धरौटीमा रिहा हुने भएका हुन् ।
काठमाडाैं जिल्ला अदालतको थुनामा नाै जनालाई राख्ने निर्णय सदर भएकाेमा केशब प्रसाद दुलाल ,टेक नारायण पाण्डे , सानू भण्डारी , आङ टाबा शेर्पा, ईन्द्रजित राई, शन्देश शर्मा, गोबिन्द कुमार चौधरी, टोप ब रायमाझी र सागर राई रहेका छन् ।
यस्तै गरी काठमाडाैं जिल्ला अदालतको निर्णयमा बदर गरेर धरौटी रिहा भएकाहरुलाई जरिवानासहित नामावली यस प्रकारका छन् ।
१ सम्शेर मिया - रु १० लाख
२ रामशरण केसि - रु १५ लाख
३ टेकनाथ रिजाल - १५ लाख
४ सन्दिप रायमाझी - ३० लाख
५ नरेन्द्र केसि - १० लाख
६ हरिभक्त महर्जन - १५ लाख
यसैगरी साधारण तारेखमा रिहा भएकाहरु आशिष् बुढाथोकी ,लक्ष्मि महर्जन ,टंक कुमार गुरुङ , केशब तुलाधर रहेका छन्। दुई न्यायधीको राय बाझिएको कारण अब तेस्रो न्यायधीशको एक्लो ईजालसबाट निर्णय आउने र उक्त निर्णय अनुसार कारवाही हुनेमा बालकृष्ण खाण रहेका छन् ।