काठमाडाैं - श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६ गते एक जनालाई नियन्त्रमा लिएको छ । सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो ।
भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।
उनले सो रकम कहाबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।