काठमाडौं– नेपाल राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाभिएकी छन् ।
लामो समययता प्रेम सम्बन्धमा रहेका उनले प्रेमी अविरल लामासँग आज विवाह गरेकी हुन् ।
उनका प्रेमी अविर भक्तपुर निवासी हुन् भने उनीहरुले धुलिखेलमा विवाह गरेका छन् ।
यू–१९ उमेर समूहको कप्तानी गरेकी उनी हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् ।
उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन् ।