काठमाडाैं - सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमंग उपहारले सबै दंग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ । दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहार उमंग उपहारले सबै दङ्ग क्याम्पेनका विजेताहरू स्कुटर र टेलिभिजन जित्न सफल भएका हुन् ।
क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो । न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन् ।
त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको द्धप् कोनका टेलिभिजन जित्न सफल भएका छन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका सबै विजेताहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ । प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसको लागि हामीलाई हाम्रा गा्रहकहरुले माया र साथ दिनुभएको छ । वहाँहरुको यो अटुट माया र विश्वासको लागि हामी हृदयदेखि नै आभारी छौँ । यो क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्म जारी रहेको थियो ।