काठमाडौं– मध्य फिलिपिन्सको पहाडमा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए ।
उनाले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिए ।