काठमाडाैं -अवैध सुन तथा हुण्डी कारोबार गर्ने प्रहरीले व्यक्ति पक्राउ गरेकाे छ । उपत्यकाको न्यूरोड लगायत बिभिन्न ठाउँमा बिल-बिजक बिनाको सुनका गरगहनाहरु बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डी मार्फत बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पदम प्रसाद पाण्डेलाई प्रहरीले क्राउ गरेकाे हाे ।
काठमाडाैं न.पा. वाड नं. २२ न्युरोड स्थित पदम प्रसाद पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रा.लि. र कैलाश ज्वेलर्स प्रा.लि. बाट सुनका विभिन्न गरगहना तथा सुनको टुक्राहरू, अमेरीकन डलर र नगद सहित जिल्ला कैलाली, लम्की चुवा न.पा. वडा नं ०७ स्थायी वतन भई हाल का.जि. का.म.न.पा. वडा नं. १५ स्वयम्भु बस्ने वर्ष ४१ को पदम प्रसाद पाण्डेलाई पक्राउ गरिएक प्रहरीले जनाएकाे छ।
निजबाट सुन तथा सुनका गरगहना ७ के.जि. १८५.३३५ ग्राम ,अमेरिकी डलर ४१०० , नेपाली रूपैयाँ ३९,५०,०००।– ( उन्चालिस लाख पचास हजार मात्र ), मोवाईल १ थान साथै विभिन्न कागजात रहेका रेकर्ड फाईलहरु बरामद भएका छन् ।
निजलाई गैर कानुनी रुपमा हुन्डीमार्फत बित्तिय कारोवार समेत गर्ने गरेको हुदा नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडाैंमा पठाईएको जनाइएकाे छ ।
निजले सुनको गरगहनाहरु अवैध रुपमा बिल-बिजक बिनाको बिक्री वितरण गर्ने तथा निजको पसलबाट अमेरिकन डलर समेत बरामद भएको हुँदा उक्त सुन र अमेरिकन डलर राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइने भएकाे छ ।