काठमाडाैं - नेपाली नागरिकलाई CASINO प्रवेश गर्न भारतिय आधार कार्ड बनाई दिने व्यक्तिहरु प्रहरीले पक्राउ गरेकाे छ । काठमाडाैं उपत्यका भित्र भएका Casino हरु मा हुने विभिन्न कृयाकलापहरु माथि सुक्ष्म रुपमा निगरानी गर्ने क्रममा नेपाली नागरिकलाई CASINO प्रवेश गर्न भारतिय आधार कार्ड बनाई दिने तीन व्यक्ति प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला दोलखा मेलुङ गा.पा. वडा नं.३ घर भई हाल का.जि. बुढानिलकण्ठ बस्ने गोबिन्द खड्काले उपत्यका भित्र भएका Casino प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकोले यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले बुधबार ३ जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे हाे ।
पक्राउ व्यक्तिहरुमा दोलखा जिल्लाकाे मेलुङ गा.पा.वडा नं.३ घर भई काठमाडाैंकाे बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा जिल्लाकाे चिसंखुगढी गा.पा.८ रातोमाटे घर भई हाल ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई , रुपन्देही जिल्लाकाे तिलोत्तमा न.पा.२१ कोटिहवा घर भई हाल काठमाडाैं तारकेश्वर न.पा.२१ बस्ने २५ वबिनोद न्यौपाने रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।