काठमाडाैं - सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त प्रहरीले पक्राउ गरेकाे छ ।
सामाजिक सञ्जाल मार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्ने एक व्यत्तिलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिने गरेकोले उक्त कार्यमा संलग्न जिल्ला चितवन, रत्ननगर नगरपालिका - १० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने वर्ष ४२ को चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।