काठमाडौं– आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १२ पैसा र बिक्री दर १३३ रूपैयाँ ७२ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ५२ पैसा र बिक्री दर १६८ रूपैयाँ २७ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।