काठमाडाैं - ‘अल्ट्रा रेस’ प्रतियोगिता नेपालकी अल्ट्रा धावक कर्णालीकी छोरी सुनमाया बुढा च्याम्पियन बनेकी छिन् ।
हङकङमा आयोजित एकसय किलोमिटरको ‘अल्ट्रा रेस’ प्रतियोगिता नेपालकी अल्ट्रा धावक कर्णालीकी छोरी सुनमाया बुढा च्याम्पियन बनेकी हुन् ।
सुनमायाले १४ घण्टा ४० मिनेटमा उक्त रेस पुरा गरेकी हुन् । राति १० बजेबाट दौड सुरु गरेकी उनले बिहान ११ बजेतिर उक्त दौड पुरा गरेकी थिइन् ।
‘द नर्थफेस हन्ड्रेड अल्ट्रा ट्रेल’ च्यालेञ्जिङले आयोजना गरेको उक्त प्रतियोगितामा ३०० भन्दा बढी अल्ट्रा धावकहरु सहभागी भएका थिए ।
तस्विर :सामाजिक सञ्जाल