काठमाडाैं - नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको हाे ।
नवौं वर्ष प्रवेश गरेको अवसरमा मर्चेण्ट बैंकिङले नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई सिमित अवधिको लागि थप गरेकाे छ।
साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।