काठमाडौं- प्रभु क्यापिटलले ग्राहकका लागि आगन्तुक रिसोर्टमा सम्झाैता गरेकाे छ । प्रभु क्यापिटलले आइतबार हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफरका साथ काभ्रेमा ७२ रोपनीमा फैलिएको रहेको आगन्तुक रिसोर्टसँग सम्झाैता गरेकाे हाे ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाउने भएका छन् । हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी १ वर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने छन् ।
अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाएकाे आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।