काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको ७२ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
समितिको बैठकको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ कायम छ ।
१० प्रतिशत बोनस सेयर वितरण गर्ने लघुवित्तले कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको ७२ औँ बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्ने छ । यस्तै, लघुवित्तको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ ।