काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिए ।
उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताए ।“आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ ।
संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्”, सचेतक डाँगीले भने ।