काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे तोकिएका छन् ।
अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा घिमिरलाई तोकिएको हो ।
प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले जानकारी दिएको हो ।