पर्सा(प्रसं)– थुनाबाट मुक्त गराईदिन्छु भनी नगद ४० हजार रूपैयाँ ठगी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने महम्द सम्साद अलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शान्ति सुरक्षाविरुद्धको कसुर मुद्दामा गत असोज २० गते वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा रहेका अभियुक्त सोही महानगरपालिका–१६ नगवा बस्ने २० वर्षीय सदाम हुसेनलाई थुनाबाट मुक्त गराईदिन्छु भनी हुसेनका अभिभावकसँग अलीले उक्त नगद ठगी गरेको खुल्न आएपछि वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६ ०८:४०