काठमाडौं - नेपालमा तेक्वान्दो खेलको विकास र प्रवद्र्धनलगायत विषयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थसँग नेपाल भ्रमणमा रहेका विश्व तेक्वान्दो परिषद्का पूर्वउपमहासचिव इल चुल किमबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरुबीच खेल क्षेत्रमा नेपाल र कोरियाबीचको सम्बन्ध र सहकार्य विस्तार, नदीहरुको स्वच्छता र वातावरण प्रदूषण नियन्त्रण आदि विषयका छलफल भएको थियो ।
पाँचदिने नेपाल भ्रमणमा रहनुभएका किमले पोखरालगतय पर्यटीकय क्षेत्रको भ्रमण गरेका छन् ।