काठमाडौं– आज उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।