काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने ५ व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न माध्यमबाट उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई आर्थिक जरिवाना तिराएको हो ।
चामपोखरी चाबहिलको खाद्य वस्तु पसललाई १० हजार तिराइको विभागका महानिर्देशक आनन्द पोखरेलले जानकारी दिए । उनले उक्त पसलले खरिद बिक्री बिल नराखेको जानकारी दिए । यस्तै, विभागले चाबहिलकै औषधी पसललाई २० हजार जरिवाना तिराएको छ । उक्त पसलले समेत खरिद–बिक्री बिल जारी नगरेको पाइएको हो ।
यसैगरी, चाबहिलकै खाद्यवस्तु कम्पनीले समेत खरिद बिल नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, टेकुको एक पसललाई २० हजार रुपैयाँ र चौमतिको खाद्य पसललाई २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । यी पसलले समेत खरिद–बिक्री बिल नराखेको पाइएको हो ।