काठमाडौं - वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रिस पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माल्टामा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा होमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गोर्खाको पालुङटार नगरपालिका–९ घर भई हाल ललितपुर बागडोल बस्ने ५० वर्षीय होमबहादुरले लक्ष्मण सापकोटासमेत दुई जनासँग वैदेशिक रोजगारीका लागि ग्रिस जान प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै पटक–पटक गरी १३ लाख ८४ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।
माल्टाको एक प्रतिष्ठित कृषि कम्पनीमा मासिक एक लाख १५ हजार तलब हुनेगरी काम लागाइदिने प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर फरार रहेको अवस्थामा होमबहादुरलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । उनलाई खोजतालासका क्रममा महाराजगञ्जबाट पक्राउ गरिएको बताइएको छ ।
होमबहादुरले पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्ष