काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संकल्पयात्राको अन्तिम दिन चिवाभञ्ज्याङ पुगेका छन् ।
पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ हेलिकोप्टरको प्रयोगमा पुगेका हुन् ।
बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो ।
चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोतोलनपछि ओलीले सम्बोधन गरेर एमालेको संकल्प यात्रा औपचारिक रुपमा समापन हुँदैछ ।