नयाँ दिल्ली– महाराष्ट्र राज्यको नागपुर जिल्लास्थित सोलार एक्सप्लोसिभ कम्पनीमा ठूलो विस्फोट हुँदा ९ जनाको निधन भएको छ । नागपुरको बजारगाउँमा रहेको कम्पनीमा विस्फोट हुँदा मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेका छन् । सोलार एक्सप्लोसिभ कम्पनीको कास्ट बुस्टर प्लान्टमा प्याकिङ गर्ने क्रममा विस्फोट भएको बताइएको छ । अहिले घटनास्थलमा राहत र उद्धार कार्य सुरु गरिएको छ ।
सोलार ग्रुपद्वारा सञ्चालित इकोनोमिक एक्सप्लोसिभ लिमिटेड रक्षा क्षेत्रका लागि देशको सबैभन्दा ठूलो हतियार उत्पादक कम्पनी हो। हाल भारतीय सेना र नौसेनाका लागि यहाँ विभिन्न हतियारहरू बनाइन्छ। साथै यस कम्पनीमार्फत भारतबाहिर ३० भन्दा बढी देशमा हतियार निर्यात हुने गरेको छ ।
यो कम्पनीको बजारगाउँमा करिब २ हजार एकडमा फैलिएको छ ।