सिन्धुपाल्चोक– सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्याउन आग्रह गरेका छन । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्ष्ण गरे। मेलम्चीको पानी काठमाडौंमा लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएको बताए ।
सो अवसरमा मेलम्ची खानेपानी विकार समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरलृे मेलम्चीमा हाल भइरहेको कामका बारेका सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।
उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बाग्मती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए ।