एजेन्सी - रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा "३३ वटा युक्रेनी ड्रोनहरू" "नष्ट र अवरोध" गरिएको मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।
भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताउनु भएको छ। पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ ।