श्रीलंका– श्रीलंकामा प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ । त्यसै गरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ ।
श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ ।