काठमाडौं– आज मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।