काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित मजदुरहरु बस्ने टहरामा आगलागी भएको छ ।
खाना पकाउने क्रममा बिहान एघार बजेतिर करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगो नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
‘आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।