काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
सात खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।