काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।