नेपालगन्ज, मंसिर ६ गते ।
बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ५ मटेहिया स्थित ईलाका प्रहरी कार्यालय भगवानपुरमा सामाजिक सद्भावकालागी प्रहरी र नागरीक बिच अन्तर संबाद कार्यक्रम मंसिर ६ गते सम्पन्न भएको छ ।
संयुक्त राष्ट्र संघिय बिकास परीयोजना युएनडिपीको सहयोगमा बास नेपालगंजद्वारा सन्चालीत सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परीयोजना अन्र्तगत सो कार्यक्रम सम्पन्न भएको हो । अन्तर सम्बाद कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज हरीहर खड्काले सामान्य बिवादहरु सिधै प्रहरीमा आउदा समस्या परेको भन्दै समाजमा हुने सामान्य बिवादहरुलाई वडा स्तरमै समाधान गर्नु पर्ने धारणा राखे । आउदै गरेको मोर्हरम र निर्वाचनको समयमा सामाजिक सदभाव अझ बलियो बनाउन प्रहरी र नागरीक बिच समन्वय बढ्नु पर्ने बताए । स्थानियहरुको सहयोग बिना प्रहरीले मात्रै केहि गर्न नसक्ने भएकाले समुदायमा हुने हरेक क्रियाकलापहरुको सुचना प्रहरीलाई दिन उनले सबैलाई अनुरोध गरे । कार्यक्रममा सहभागी शिक्षक तिर्थराम मौर्यले पछिल्लो समय युवाहरु सामाजिक सदभाव फैलाउन अग्रसर हुदा समाजमा सामाजिक सदभावमा निकै सुधार आएको बताए । यस्तै नरैनापुर गाउँपालीका वडा न. ५ का सामाजिक सद्भाव संजालका संयोजक सालीकराम साहुले निर्वाचित जनप्रतिनिधिहरुले निष्पक्ष रुपमा काम गरेमा समस्या नै नआउने प्रतिकृया दिए । यस्तै वडा नं ७ कि गिता भण्डारीले सामान्य विवाद नमिल्दा जटिल बन्दै जाने भएकाले सबैले यसमा सजग हुनुपर्ने बताईन् ।
कार्यक्रममा नरैनापुर गाउँपालीका स्थित सबै प्रहरी चौकीका ईन्चार्जहरु, निर्वाचित जन प्रतिनिधी, शिक्षक, सद्भाव सन्जालका सदस्य तथा सर्वसाधारण गरि ४० बढिको सहभागीता रहेको थियो । बास बाँके शाखाका सदस्य मकबुल अहमद मुकेरीले सन्चालन गरको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।