चीन- चीनको उत्तरपश्चिमी क्षेत्र गान्सुमोमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । ७८२ जना घाइते भएका छन् ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।
भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।