काठमाडाैं - क्यानडामा विद्यार्थीहरूले फुल टाइम काम गर्न पाउने भएका छन् ।क्यानडामा विद्यार्थीहरूले यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने नियम बनाएको हाे ।
फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुबिधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडी आवदेन दिएका विद्यार्थीहरुका लागि हो।
क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलर मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गर्दै आएका छन् । २०२२ को तथ्यांकमा २६००० नेपाली विद्याथी क्यानाडा अध्यनको लागि गएका छन्।
पछिल्लो समय नेपाली विद्याथीमाझ क्यानाडा लोकप्रिय देश बन्दै आएको छ। क्यनडीयन स्टडी सेन्टरकि सिनियर काउन्सलर विद्या बस्नेतका अनुसार यो निर्णयले विद्यार्थीहरूलाई आर्थिक रुपमा सबल बनाउने बताए।