काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका-१० घर भई सोही नगरपालिका-६ मा सुन व्यवसाय गरी बस्ने सरोज खाती र स्याङजा आधिखोला गाउँपालिका-३ घर भई काठमाडौं चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरी केन्द्र संचालन गरी बस्ने ६१ वर्षीय भीम बहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये बैंकिङ कसूर मुद्दामा १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सरोजलाई कास्की न्यूरोड र बैंकिङ कसूर मुद्दामा २३ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भीम बहादुरलाई कास्की पामेपोखरीबाट पक्राउ गरेको हो ।
दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएकाे छ ।