काठमाडाैं - पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति प्रहरीले पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै धनकुटा जिल्लाकाे धनकुटा उप.म.न.पा. वडा नं. ०७ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. १३ बालकोट बस्ने बुद्धिमान बुढाथोकीको छोरा वर्ष २५ को प्रदिप बुढाथोकीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बुढाथोकीले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/- ( अक्षेरुपी एक लाख बीस हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १,८०,०००/- (अक्षेरुपी एक लाख असी हजार रुपैयाँ ) रकम लिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले खटिएको प्रहरी टोलीले निज प्रदिप बुढाथोकीको खोजतलास गर्ने क्रममा जिल्ला काठमाण्डौ का.म.न. पा. वडा नं. ३१ नयाँबानेश्वरबाट बिहीबार पक्राउ गरेकाे हाे ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि काठमाडाैंमा रहेकाे वैदेशिक रोजगार विभाग ताहाचल पठाएको मिनभवनमा रहेकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।