काठमाडाैं - भिजाद्वारा आयोजित कार्यक्रम “VISA Leadership Conclave Nepal 2023” मा हिमालयन बैंक सम्मानित भएकाे छ । विश्व प्रख्यात ब्राण्ड American Express, JCB, Mastercard, UnionPay एवं Visa स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले “Excellence In POS Acquiring Business 2023” र “Excellence in Consumer Cards- Prepaid 2023” पुरस्कार प्राप्त गरेको हाे ।
भिजाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर बम बहादुर मिश्रा, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्य, लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।
बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गरेका हिमालयन बैंकले जनाएकाे छ । बैंकका अनुसार विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नोATM, POSतथा E-commerce Gatewayमार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई Card Acquiring Business गरिरहेका Merchant,
शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ ।साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकलेDiners/Discover तथा Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।हाल २७० वटा एटिएम, ६५०० भन्दा बढि एइक् तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएकाे छ ।